citizens life insurance long ad
stcnepal long ad

नक्कली विवाहा र नक्कली निवेदिकलाई पोखरा महानगरपालिका वडा नं.३ द्धारा सक्कली भएको प्रमाणित ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । PP No. 05950319 issued on 24th may 2012 पासपोर्ट नम्बरः ०५९५०३१९ जारी मिति 24th may 2012 ले अमेरिका प्रवेश गर्नको लागि जापानिज महिला हिरामाया मिकिलाई प्रति महिना जापानिज ऐन ४० हजारका दरले बुझाउने गरी नक्कली विवाह गरी नेपाल आई विवाहा गरेको सर्ठिफिकेट बनाई,पोखरा महानगरपालिका वडा नं.३ नदीपृुरबाट नक्कली विवाहाको नाता प्रमाणित गरी अमेरिका बस्ने मानव तस्कर सरेन्द्र तामाङको सहयोगमा जापानबाट अमेरिकाको भिजा लगाई, PP No. 05950319 issued on 24th may 2012 पासपोर्ट नम्बरः ०५९५०३१९ सिद्धि अधिकारीले अमेरिकाको ५ वर्षको भिजा प्राप्त गरेपछि पहिलो पटक अमेरिका प्रवेश गरी फेरि जापान फर्केर जापानबाट अमेरिका मानव तस्करी गरेको पुष्टि भएको छ ।

जापानिज नागरिक हिरामाया मिकिले प्रति महिना ४० हजार जापानिज एन लिएर हिरामाया मिकि,सिद्धि अधिकारी र सुरेन्द्र तामाङ समेतको मिलेमतोमा जापानबाट अमेरिका मानव तस्करी हुने गरेको छ ।

उनीहरुले प्रतिव्यक्ति ५० लाख लिने गरेको खुल्न आएको छ । भर्खरै सिद्धि अधिकारीको मामाकी छोरी रञ्जना गिरी समेत यिनै मानव तस्करको सहयोगमा अमेरिका पुगेकी छन् ।
अर्को तर्फ नाता प्रमाणितको लागि निवेदन दिने निवेदिका दिक्षा शर्मा अधिकारीका दुई नावालक छोरीहरु रहेका छन् ।

निवेदिकले आफ्ना दुई छोरीहरु हुँदाहुँदै आँफु कन्या भएको र बच्चाबच्ची नभएको कागज खडा गरी नाता प्रमाणित गराएकी छन् ।

पोखरास्थित Manipal  Hospital No: 75014218 certificate Sl No.: 234 Date of birth 24.09.2018 / Hospital No.77006633,Certificate Sl No.: 336 Date of Birth 01/10/2020 रहेको छ । दुई सन्तानकी आमा रहेको जानकारी हुँदाहुँदै गण्डकी प्रदेश,पोखरा महानगरपालिका वडा नं.३ का कर्मचारीले अविवाहित र सन्तान नभएको प्रमाणित गरेर नाता प्रमाणित गरिदिएका छन् ।

निवेदिकाका दुई नावालक छोरीहरुलाई अमेरिका बस्ने सुरेन्द्र तामाङ जसले आवश्यक पर्ने नक्कली कागजातहरु तयार गर्दछन र गर्न लगाउँछन । जापान बस्ने सिद्धि अधिकारी र हिरामाया मिकि जसले अमेरिका प्रवेश गर्न प्रतिमहिना ४० हजार जापानिज एन लेनदेनको कारोवार गर्दछन् ।

त्यसै गरी डिभि परेर अमेरिका बसोवास गर्ने ऋृषिराम पोख्रेल,विजया अधिकारी पोख्रेल र अमेरिकाले आश्रय दिएका भुटानी शरणर्थी ओम शर्मा बजगाईकी श्रीमती जया शर्मा अधिकारी बजगाईले नक्कली नाता प्रमाणित गर्ने निवेदन दिने निवेदिका दिक्षा शर्मा अधिकारीका दुई नावालिग छोरीहरुलाई एडप्ट गरेर अमेरिका प्रवेश गराउने र निवेदिका दिक्षा शर्मा अधिकारीलाई अविवाहिताको नक्कली कागजात बनाएर वा फर्जि,नक्कली विवाहा गरी यसरी नै नाता प्रमाणित गराएर अमेरिका प्रवेश गराउने पहल भएको श्रोतले जानकारी दिएको छ ।

IME Life
kumari