citizens life insurance long ad
stcnepal long ad

फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाडौंको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाडौं उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ । एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या आएको छ ।

विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् । काठमाडौं महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ ।

फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन् । आन्दोलनरत पक्ष र काठमाडौं महानगरपालिकाबीच  भएको छलफलपछि फोहोर उठाउन थालेको र हिजो ७० ट्रक फोहोर सिस्डोल पुर्याएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले बताउनुभयो ।

सिस्डोलबासीको समस्या समाधानको लागि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमती भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने प्रवक्ता डङ्गोलले बताउनुभयो । तर काठमाडौं क सबै ठाउँको फोहोर उठाइसक्न झण्डै एक हप्ता लाग्ने पनि उहाँले बताउनुभयो ।

IME Life
kumari