citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकका संस्थापकले १७ लाख ६२ हजार कित्ता सेयर बिक्री गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर १७ लाख ६२ हजार ९२४ कित्ता विक्री गर्ने भएको छ । बैंकले कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई उक्त शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

IME Life
kumari