निजी विद्यालयले छुट दिन नसक्ने

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । सरकारले कोरोना संक्रमणको प्रकोपका कारण चैत्र महिनाको शुल्क नलिन नीजि विद्यालयहरुलाई आग्रह गर्यो । तर निजी विद्यालय संचालकहरुको संगठनका पदाधिकारीहरुले एभिन्यूज टेलिभिजन मार्फत सरकारको सो निर्णय कार्यान्वय गर्न समस्या हुने र आफुना सदस्यहरुसंग छलफल गरिरहेको भन्ने भनाई सुनिएको छ ।
कोरोनाको संक्रमणले मुलुकलाई कहाँ पुर्याउने हो अझै अन्यौल छ । भोली तपाईहरुको विद्यालयमा आफ्ना बालबच्चा बढाउन सक्ने अवस्थामा कति अभिभावक हुन्छ । त्यो कोरोनाको संक्रमणले मुलुकलाई कहाँ पुर्याउछ भन्नेले निर्धारण गर्छ ।
धेरै विद्यालयले चैत्र महिनाको शुल्क लिइसक्नु भएको छ । तर तपाईहरुले चैत्र महिनामा कक्षा संचालन त गर्नु भएन् । सिंगो मानव समाज माथि कोरोना भाइरसले धावा बोलिरहेको बेलामा भोलीको मानव समाज कस्तो हुन्छ भन्ने निक्र्यौल नभएको अवस्थामा मानवियता नै विर्सेर तपाईहरुको टिप्पणीलाई आम नागरिकले कसरी बुझ्ने छन् ।
ती नागरिक तपाईहरुका विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक हुन् । मानवियता नै विर्सेर सेवाको व्यावसाय गर्ने निजी विद्यालय संचालकहरुको टिप्पणीलाई चरम नाफाखोर व्यापारिक मानसिकता भन्दा अरु के भन्न सकिएला । सरकारले तपाईहरुको जस्तो घरभाडा छुटका लागि आग्रह गरेको छ ।
इन्टरनेटमा छुट दिनका लागि आग्रह गरेको र टेलिकम सेवा प्रदायक कम्पनीलाई पनि छुट दिन आग्रह गरेको छ । तर सवैले पछाडि नै टिप्पणी गरौला भनेर बसेका होलान तर शिक्षा जस्तो सम्मानित व्यवसाय गर्ने तपाईहरुको चरम नाफाखोर व्यापारिक मानसिकता अहिले नै छरपस्ट नपारेको भए हुन्थ्यो ।