stcnepal long ad
global ime bank long

प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा पक्राउ  

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६, २०७६ आइतबार

मकवानपुर । प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने   रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा.९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर समेत गरी स्थिति नियन्त्रणमा लिएको थियो । ढुङ्गामुढाले लागेर ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा.१ झ ७५२७ नम्बरको गाडीको झ्यालको सिसा र पछाडिको सिसा फुटेको छ ।

झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

IME Lifesidebar
kumari