stcnepal long ad
national life

चौधरी फाउन्डेसनले बाँड्यो सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौं । चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड (१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ ।

नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिने चाैधरी फाउन्डेसनले जानकारी दिएकाे छ ।

पहिलो चरणको वितरण सकिएसँगै अब हाम्रो ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । चीनका विभिन्न शहरमा तयार पारेर राखिएका यी सामान नेपाल आउनेबित्तिकै द्रुत्त गतिमा वितरण थालिने फाउन्डेसनकाे भनाइ छ ।

‘हामीले भन्दै आएका छौं कि हामीले वितरण गरेका सामग्री देशको आवश्यकताका अगाडि थोरै हो । हामीले अझै धेरै स्वास्थ्य केन्द्रमा सुरक्षा सामग्री वितरण गर्ने लक्ष्य लिएका छौं । यो विषम परिस्थितिमा हरेक तह र तप्काले यस्तो सत्कार्यमा पहल गर्नु आवश्यक छ,’ फाउन्डेसनले भनेकाे छ ।

फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रहरूको प्रदेशगत विवरण

प्रदेश १

१. अस्थायी कोरोना सेन्टर, विराटनगर  २. मेची अस्पताल, भद्रपुर  ३. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान  ४. उदयपुर जिल्ला अस्पताल

प्रदेश २

५. जानकी मेडिकल हस्पिटल, जनकपुर ६. प्रादेशिक केन्द्र अस्पताल, जनकपुर  ७. स्वाप परीक्षण प्रयोगशाला, जनकपुर

८. नारायणी अस्पताल, वीरगन्ज ९. राजविराज अस्पताल, सप्तरी १०. कौडेना हेल्थपोस्ट, सर्लाही  ११. मलंगवा अस्पताल, सर्लाही

प्रदेश ३

१२. कान्ति बाल अस्पताल, काठमाडौं   १३. त्रिवि शिक्षण अस्पताल, काठमाडौं   १४. वीर अस्पताल, काठमाडौं  १५. शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, काठमाडौं    १६. मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं   १७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर    १८. माइती नेपाल, गौशाला, काठमाडौं    १९. कोरोना उपचार केन्द्र, चितवन  २०. चितवन जिल्ला अस्पताल

२१. जिल्ला जनस्वास्थ्य कार्यालय, हेटौंडा  २२. विपद् व्यवस्थापन केन्द्र, काठमाडौं  २३. सशस्त्र प्रहरी बल, बलम्बु, काठमाडौं  २४. मध्यपुर ठिमी अस्पताल, भक्तपुर  २५. शीर मेमोरियल अस्पताल, काभ्रे  २६. गुञ्जवान अस्पताल, टाँडी, चितवन  २७. धादिङ जिल्ला अस्पताल      २८. मुग्लिन हस्पिटल, चितवन

प्रदेश ४

२९. मध्यबिन्दु अस्पताल, कावासोती   ३०. प्राथमिक स्वास्थ्यचौकी, दुम्कौली, नवलपुर   ३१. पिताउन्जी स्वास्थ्यकेन्द्र, नवलपुर   ३२. सहज अस्पताल, गैंडाकोट   ३३. मातृशिशु मितेरी अस्पताल, कास्की  ३४. पर्वत जिल्ला अस्पताल    ३५. बागलुङ जिल्ला अस्पताल                   ३६. गोरखा जिल्ला अस्पताल

प्रदेश ५

३७. भीम अस्पताल, भैरहवा  ३८.  लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही   ३९. आयुर्वेद अस्पताल, दाङ   ४०. प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज  ४१. पाल्पा जिल्ला अस्पताल   ४२. रेउघा अस्पताल, रोल्पा   ४३. बर्दिया जिल्ला अस्पताल  ४४. देवदह क्वारन्टिन सेन्टर, रुपन्देही

प्रदेश ६

४५. रुकुम पश्चिम अस्पताल  ४६. सुर्खेत जिल्ला अस्पताल

प्रदेश ७

४७. कैलाली जिल्ला अस्पताल  ४८. महेन्द्रनगर जिल्ला अस्पताल

gold
kumari bank
kumari
nawakantipur long