stcnepal long ad
global ime bank long

कोरोना नियन्त्रण कोषमा चलचित्र कलाकार संघले एक लाख रूपैयाँ सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रूपैयाँ सहयाेग गर्ने भएकाे छ ।

संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले सरकारले स्थापना गरेको उक्त कोषमा साे मात्राकाे रकम सहयाेग गर्ने  निर्णय गरेका हुन् ।

संघका अध्यक्ष रबिन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहमतिमा कोषमा १० लाख एक हजार रूपैयाँ प्रदान गर्ने निर्णय भएको हाे ।

साथै, लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरूका साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएकोले संघले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ ।

IME Lifesidebar
kumari