citizens life insurance long ad
stcnepal long ad

इन्द्रायणी गुरुयोजना अन्तर्गत पार्कको मेयर शाक्यबाट शिलान्यास

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले आज इन्द्रायणी गुरुयोजना अन्तर्गत पार्कको शिलान्यास गर्नुभएको छ । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रमअनुसार मेयर शाक्यले पार्कको शिलायास गर्नुभएको हो ।

२ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो ।

शिलान्यासपछि बोल्दै मेयर शाक्यले, प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा विग्रिँदै गएको उल्लेख गर्नुभयो । ‘समय समयमा सहर विग्रियो । त्यसको अपजस कसलाई दिने? राम्रा काम भने यो मैले गरेको भनेर दावी गर्ने गरिन्छ ।’

मेयर शाक्यले भन्नुभयो, ‘हामी निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेका छौँ । समय परिवर्तनशील छ । यसको विकास र गतिलाई स्वीकार गर्नुपर्छ ।

कुनै बेला प्लेन चढ्दा देवता नाघिन्छ भन्ने मनोविज्ञान अव विस्तारै सकिएको छ । यसै गरी विकासका आयाम स्वीकार गर्नुपर्छ ।

यसभित्रका केही विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी र काममा अवरोध हुने गरेको छ । अरुलाई गाली गरेर समृद्धि बढ्ने होइन । लोकको हित नहुने योजना हो भने यहाँ कमजोरी भयो भनेर औँल्याउनुपर्छ । तर, यस्तो अवस्था महसुस गर्न पाइएन ।’ शाक्यले पुरानो उही अवस्थामा बसिरहने हो कि अघि बढ्ने हो? यो प्रश्नको जवाफ आवश्यक भएको उल्लेख गर्नुभयो ।
‘नदीमा असला माछा हुने गरी काम गर्छौ । १७ वडाका अध्यक्ष नविन मानन्धरले भन्नुभयो, ‘असला माछा हुनलाई शुद्ध पानी चाहिन्छ । हामी समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई असला माछा हुने नदी र नदी तथा जल सम्पदाको समृद्धिलाई वडाको विम्बका रुपमा विकास गर्न चाहन्छौँ ।’

पूर्वमन्त्री शुशिलकुमार श्रेष्ठले खुशिँबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजनाको प्रशंशा गर्नुभयो ।

काठमार्डाैँ महानगरमा जनप्रतिनिधि पद वहाली भएपछि सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रमले प्राथमिकता पाएका छन् ।
महानगरभित्र हुने यसप्रकारका कामसँगै नगर–नगर साझेदारी, आन्तरिक भगिती सम्बन्ध भएका सहर सबैसँग यही शीर्षक अर्थात सार्वजनिक जग्गा संरक्षण, पार्क तथा धाम निर्माण, पर्यापर्यटना कार्यक्रममा सहयोग गरेको छ ।

महानगरले यष्सरी साझेदारिता गरेका नगरहरुमा काठमाडौँका सबै पालिका हुन् । भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिका रहेका छन् । यसैगरी भगिनी सम्बन्ध भएका सहरहरुमा धनकुटाको पाख्रीबास, नवलपरासीको सुस्ताघाट पश्चिम रामग्राम, सिन्धुपाल्चोकको मेलम्ची, जुम्लाको चन्दननाथ र डडेल्धुराको अमरगढी नगर रहेका छन् ।

महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहुँचयुक्त सार्वजनिक शौचायल, चोतारो, ढुङ्गेधारो, खुल्ला व्यायामशाला पार्कका विशेषता हुन् । शिलानयास अवसरमा कार्यपालिका सदस्य, वडा सदस्यहरु र स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।

IME Life
kumari