citizens life insurance long ad
stcnepal long ad

साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष मानन्धरको निधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष एवम् नेपालका पुराना उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा दुःखद निधन भएको छ।

काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते जन्मिएका मानन्धर लामो समय देखी साल्ट ट्रेडिङ संचालक समितिको अध्यक्षका रुपमा निर्वाचित हुँदै आएका थिए ।

नेवाःभाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाई केहि दिन यता ज्वरो र खोकीको समस्या देखिएको थियो। यो स्वास्थ्य समस्यासंगै पीसीआर परीक्षण गरिएको थियो। परिक्षणको नतिजा उहाँमा कोभिड–१९ पोजेटिभ देखिएको थियो।

काठमाडौं महानगर वडा न १७ ठहिटिमा बसोबास गर्दै आउनु भएका मानन्धरलाई कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि साँझ हाम्स अस्पताल धुम्बाराहीमा उपचारका लागि लगिएको थियो तर साँझ ७ बजे उहाँको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व कोषाध्यक्ष समेत रहेका मानन्धर नेपालका प्रतिष्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् ।

नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक समेत रहेका थिए ।

ठोरीबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए । नेपालमै पहिलो पटक मोजा उद्योग खोलेका उनले पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका थिए । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

IME Life
kumari