citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एमरएस आशिष समानान्तर रेलिगर जेभीले पाए

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एमरएस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ ।

सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो ।

उहाँका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम/एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो । प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको हो ।

ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए । १५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने जनाइएको छ । फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्नेछ ।

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिन लागेको हो । यसका लागि चार महिना छुट्याइएको छ । सवारीसाधनका लागि फ्लाइओभर बनेपछि ट्राफिक जाम कम हुन्छ ।

काठमाडौँ उपत्यकाका सडकमा यातायात व्यवस्थापनका लागि २० स्थानमा फ्लाइओभर निर्माण आवश्यक रहेको सडक विभागले जनाएको छ ।

केन्द्रका निर्देशक झाका अनुसार त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, शहीदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोङ्गबु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जडीबुटी, बल्खुलगायत स्थानमा फ्लाइओभर आवश्यक छन् ।

himalayan life insurance
igi long