citizens life insurance long ad
stcnepal long ad

सरकारद्वारा ४५.९१ प्रतिशत राजश्व संकलन : पुँजीगत खर्च १३.४४ प्रतिशत मात्र

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ।

सोही अवधिको समग्र खर्चमा भने उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजश्व संकलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो। अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४/८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४/४० भएको थियो। यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो। प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ। समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको छ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७८र८९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ। वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ।

IME Life
kumari