citizens life insurance long ad
stcnepal long ad

सेयर बजार लय समात्दैछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको दोस्रो दिन माघ ३ गते सोमबार पनि सेयर बजार उकालो लागेको छ। आज दिनभरि उतारचढाव देखिएको बजार अन्त्यमा २० अंकभन्दा बढीले बढेर बन्द भएको छ।

आइतबार पनि बजार ६९ अंकले बढेको थियो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

लगातार बढ्दो क्रममा रहेको नेपाली सेयर बजारले अहिलेसम्मको अलटाइम हाई गत २०७८ भदौ २ मा बनाएको थियो। उक्त दिन नेप्से परिसूचक ३१९८.६० मा बन्द भएको थियो।
करिव ३२०० पुगेको बजार निरन्तर घट्दो क्रममा थियो।

तरलताको चाप, सेयर धितो कर्जामा कडाइ, मौद्रिक नीति, नियामकको सर्कुलर लगायत विविध गतिविधिहरुले बजारलाई प्रत्यक्ष असर गरेको थियो। लगातार घट्दो क्रममा रहेको बजार पुनः लयमा फर्केको छ।

गत पुस ५ मा २३५८.८२ मा बन्द भएको बजार आज माघ ३ गते २९४७.४३ मा बन्द भएको छ। बजार मात्र नभएर २–३ अर्बमा खुम्चिएको कारोबार रकम पनि बढेको छ। आज करिव आठ अर्बको कारोबार भएको छ।

बजारले नयाँ हाई बनाउने निश्चित छ। अहिले लगानीकर्ताहरु पनि उत्साहित छन्। तरलता पनि सहज भएको छ। त्यसैले बजारले छिटै अलटाइम हाई बनाउँछ।

अहिले कारोबार रकम पनि बढ्दो छ। लकडाउनको प्रभावले आयात घट्नुका साथै अन्य व्यवसायी पनि बजार प्रवेश गर्ने देखिन्छ। त्यसैले सानो करेक्सन आएर बजार माथि नै जान्छ।

प्राविधिक विश्लेषकहरू भन्छन– सन् २०२४ मा बजार ६००० सम्म पुग्छ। सन् २०१७ देखि यो बुलको यात्रा ६००० सम्म पुग्न सक्छ। अझै पनि विश्लेषणको अडान त्यही छ।

इन्ट्राडेमा आज बजारले २८७३ को हाईदेखि मुमेन्टम लुज गरेको देखिन्छ। निरन्तर बढ्दो क्रममा रहेको बजार ३१०० देखि ३२०० सम्म हुँदा १० देखि १२ प्रतिशतको करेक्सन आउन सक्छ। विगतका बुलहरुको चार्ट हेर्दा पनि यो देखिन्छ। उक्त करेक्सन इन्ट्राडेको वा दुईदेखि तीन दिनसम्मको हुन् सक्छ।

सेयर बजारको सक्रिय लगानीकर्ता भन्छन( विगतको बुलमा जस्तै बजार इन्ट्राडेमा करेक्सन हुँदै बढ्ने छ। बजारले झन्डै ३२०० को हाई बनाउँदा पनि इन्ट्राडे करेक्सन देखिन्थ्यो। अहिले पनि बजारमा त्यही देखिँदै आएको छ। बजार घट्नेबित्तिकै लगानीकर्ता किन्ने मौका यही हो भनेर बजार प्रवेश गर्ने गरेका छन्।

लगानीकर्ताले एउटा सेक्टरमा नाफा बुक गर्दै अर्को सेक्टरमा लगानी गर्ने गरेकाले इन्ट्राडेमा सेक्टरअनुसार करेक्सन हुँदै आएको छ। अहिले लगानीकर्तादेखि लिएर ब्रोकर, नियामक, मिडिया सबै बजारप्रति सकारात्मक भएको देखिन्छ। त्यसैले नेप्सेले छिट्टै अलटाइम हाई ब्रेक गर्ने निश्चित छ।

बजार यसअघिको अलटाइम हाईको रेकर्ड ब्रेक गर्ने बाटोतिर लम्किरहेको छ ।बजार आफ्नै लयमा चलेको छ, धेरै घटेकोले पनि छोटोमै पनि बजारमा उच्च अंकको बढोत्तरी भएको छ।

कोभिड संक्रमण दर बढेसँगै अन्य क्षेत्रका लगानीकर्ताहरु पनि अहिले सेयर बजारमै प्रवेश गरेकोले पनि सकारात्मक महौल बनेको देखिन्छ । कारोबार बढ्नुले पनि यसलाई पुष्टि गर्छ। कारोबारले पनि विस्तारलाई बजार साथ दिइरहेको छ। पछिल्लो समय औसत दैनिक ७ अर्ब रुपैयाँ बढीकै कारोबार भइरहेको छ।

बजार अहिले इन्ट्राडे करेक्सनहुँदै परिपक्व बनिरहेको छ। अब कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट आउँदा बजारले थप गति लिने छ। बजार अहिले इन्ट्राडे करेक्सनहुँदै अगाडि बढिरहेको छ। अन्य क्षेत्रमा विस्तारै चहलपहल घटेसँगै सेयर बजार बढेको हुन सक्छ।

बजार मजबुत बन्दै गएको कुरालाई कारोबार पनि पुष्टि गरिरहेको छ। केही समयपहिले बाहिरिएका लगानीकर्ता पनि पुनः सेयर बजारमै फर्किएका हुन सक्छन्। अहिलेको बढाइमा सबै सूचकमा बढोत्तरी आएको हुँदा बजार मजुबत हुने र थप माथि जाने देखिन्छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ।

उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले बढेको छ। आज बैंकिङ समूहमा १.०३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२० प्रतिशत, जीवन बीमा समूहमा ०.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत र अन्य समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ।

आज विकास बैंक समूह सर्वाधिक ०.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.३० प्रतिशतले घटेको यो दिन वित्त समूहमा ०.०३ प्रतिशत, लगानी समूहमा ०.२७ प्रतिशत र लघुवित्त समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु :

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा किनबेच भएका छन्। आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अपी पावरको ४१ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको आज अप्पर तामाकोशीको २४ करोड ९ लाख रुपैयाँ, नेपाल टेलिकमको २३ करोड ९८ लाख रुपैयाँ, शिवम सिमेन्टको २१ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ३८ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड २८ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड ६२ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड १४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने धेरै गुमाउने कम्पनीहरू:

आज मध्यभोटेकोशी जलविद्युतका सेयरधनीहरुले धेरै कमाएका छन। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ। आज स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाएका छन। यो बैंकको सेयरभाउ झन्डै ३ प्रतिशतले ओरालो लागेको छ।

 

 

IME Life
kumari