citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रहरी प्रवक्तामा एसएसपी विष्णु कुमार केसी नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त भएका छन् । केही दिनअघि मात्र केसीको प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो ।

यसअघि प्रवक्ता रहेका डीआईजी मुकुन्द आचार्यले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारी लिएका थिए । त्यसअघि प्रवक्ता रहेका एसएसपी बसन्तबहादुर कुँवरको महानगरीय उपत्यका अपराध अनुसन्धान महाशाखामा सरुवा भएपछि आचार्य प्रवक्ता बनेका थिए ।

एसएसपी कुँवरको स्थानमा नै सरुवा भएकाले केसी प्रहरी प्रवक्ता बन्ने सम्भावना थियो । एसएसपी केसी यसअघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए । प्रहरीमा एसएसपी तहका अधिकारी प्रवक्ता बन्ने चलन छ ।

himalayan life insurance
igi long