stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेतृत्वकर्ताहरुमा गम्भिर ध्यान जाओस् 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार

काठमाडौं । मुलुकमात्र होइन संसार आजित छ कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट । यही संक्रमणले मुलुक लकडाउनको पाचौं दिनमा रहेको छ । हाम्रै सुरक्षाका खातिर नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा कर्मी सडकमा खटिएका छन् ।

त्यसैगरि खटिएका छन् स्वास्थ्यकर्मीहरु यस्तो अवस्थामा सरकारले राहतका लागि केहि न केहि घोषणा गर्नु पर्यो । तत्काल केही राहतका कार्यक्रम घोषणा गर्नु पर्यो ।

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु विहानदेखि सडकमा उभिदा पानी समेत अर्काको आश गर्नु पर्ने यो कस्तो विडम्वना ? सर्वसाधारणहरुले दया र करुणाले दिएको पानी, चाउचाउ, बिस्कुट खाएर दिनभर सुरक्षा गर्नु पर्ने ?

यो अती भयो सरकार कम्तीमा सुरक्षामा खटिएकालाई पानी र खाजाको सहज ब्यवस्थापन होस् । सरकार अफ्ठारो र असहज परिस्थितिमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई मनोबल बढाउने काम भएन भने निरासा मौलाउदै जानेछ । समयमै ध्यान जाओस् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पिपिईको व्यवस्था गरियोस् हार्दिक अनुरोध छ ।

kumari bank
kumari
nawakantipur long