stcnepal long ad
global ime bank long

प्रतिभा वैद्य नेपाल टेलिकमको निमित्त प्रबन्धक निर्देशक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको छ तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत पुस १८ गतेको पत्रानुसार कम्पनीकी नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको सचिवस्तरको निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ।

उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको कार्यभार सम्हाल्दै आएकी थिइन् भने पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन्।

नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकाय लगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटोछरितो तथा उचित रुपले सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने अपेक्षा गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशकले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

IME Lifesidebar
kumari