stcnepal long ad
global ime bank long

नेपाली सेनामा २९९ जना अधिकृत क्याडेटको दरखास्त खुल्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ। नेपाली सेनामा रिक्त कुल २२९ अधिकृत क्याडेट पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपुर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np बाट अलनलाइन दरखास्त फाराम भरी सोको प्रिन्ट आउट सहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्ने जनाइएको छ।

कुल दरखास्त माग गरिएकामध्ये खुला १२०, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती ६, महिला २१, आदिवासी जनजाति ३३, मधेसी २९, दलित १५ र पिछडिएको क्षेत्रबाट ५ जना भर्ना गर्न लागिएको छ।

इच्छुक उम्मेदवारले आज २०७८ पुस १८ गतेदेखि माघ १७ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर बुझाई माघ १८ गतेसम्म दरखास्त पेस गर्न सक्ने नेपाली सेनाको भर्ना छनोट महाशाखाले जनाएको छ।

IME Lifesidebar
kumari