प्रधानसेनापति शर्मा विरामी
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ पौष १५ गते बसेको बैठकको निर्णय बमोजिम प्रधान सेनापति महारथी प्रभुराम शर्माको २०७८ पौष १८ गतेबाट पौष ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।
यस अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि भारत जाने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले का.मु. प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।























