stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७८ पौष १ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नती हुनु भएका प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपानेलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले २०७८ पौष ६ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

पदोन्नती पश्चात वहाँ श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको रुपमा नियुक्ति हुनु भएको छ ।

उक्त अवसरमा, नेपाल सरकार, मन्त्रीपरिषद्को सोही निर्णय अनुसार मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सागर बहादुर के.सी. लाई समेत प्रधान सेनापति महारथी शर्माले मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

prabhu mahalaxmi
kumari