stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सूर्या लाइफ इन्स्योरेन्सको पुस ८ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारण सभा पुस १९ गते बस्दैछ । सभामा कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १२.७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६७प्रतिशत नगद गरी कुल १३.३७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ ।

कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउन लागेको हो ।

सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बस्नेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज हुनेछ । पुस ८ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने छन् ।

prabhu mahalaxmi
kumari