थानकोट नाकाबाट १२६ गाडी भित्रिए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार
काठमाडौ । लकडाउनको तेस्रो दिन थानकोट र कलंकी एरियामा अति अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरु गुडेको पाईएक छैन ।
तरकारी किनमेल गर्न जाने मानिसहरु फाट्टफुट्ट रूपमा हिँडडुल गर्ने गरेका छन । गल्ली तथा मेनरोडहरु सुनसान रहेको छ । केही मात्रामा तरकारी पसलहरु खुलेका छन् । बाहिर निक्लेका सबै मानिसहरुलाई प्रहरीले सोधपुछ गरेर मात्रै आवत–जावत गर्न दिएको देखिन्छ ।
त्यस्तै नागढुङ्गा नाकाबाट हिजो चैत्र १२ गते बेलुका ६ बजे देखि चैत्र १३ गते बिहान ६ बजे सम्म, चामलको गाडी १८, तरकारी ७, चिनी २, ग्यास बुलेट ४, पेट्रोल ३, डिजेल ५, घ्यू तेल ५, औषधि ४, एम्बुलेन्स १२ लगायत मालबाहक गाडी समेत गरि कुल १२६ वटा सवारी साधन काठमाडौ उपत्यकाका भित्रीएका छन् ।
IME Lifesidebar
kumari