भित्री शहरमा काठमाडौँ महानगरले छर्कियो कीटनाशक औषधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ को नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले मानिसको अत्यधिक भीडभाड हुने स्थानमा भित्री स्थानमा कीटनाशक औषधि छर्कन थालेको छ ।

लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको कामपाले आजदेखि महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार मानिसको भीड बढी हुने स्थान वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा आजदेखि कीटनाशक औषधी छर्कने कार्यको शुरुआत भएको हो ।

काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्कर मार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने प्रमुख शाक्यले जानकारी दिनुभयो ।

लकडाउनको अवधिभर महानगरवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

IME Lifesidebar
kumari