citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकले बोलायो साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा पुस १८ गते बोलाएको छ। बैंक सञ्चालक समितिको गत बुधबार बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस १८ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश रहेका छन्। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति वा खरिद गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्ने भएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले आगामी पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

 

IME Life
kumari