stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा फेरि अर्का कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या तीन पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको तेश्रो संक्रमित व्यक्ति भेटिएका छन् । यसअघि संक्रमित एक जना बिरामी उपचार पछि घर फर्किएका थिए ।

अरु दुईको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले थप एक जनालाई कोरोना भाइरस देखिएको पुष्टि गरेका छन् ।

उनी सउदी अरवबाट आएका व्यात्ति हुन। नेपालमा ६८७ जनाको नमुना परीक्षण गरिएकोमा तीन जनामा कोरानां संक्रमित भेटिएको छ

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।

prabhu mahalaxmi
kumari