नेपालमा फेरि अर्का कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या तीन पुग्यो

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको तेश्रो संक्रमित व्यक्ति भेटिएका छन् । यसअघि संक्रमित एक जना बिरामी उपचार पछि घर फर्किएका थिए ।
अरु दुईको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले थप एक जनालाई कोरोना भाइरस देखिएको पुष्टि गरेका छन् ।
उनी सउदी अरवबाट आएका व्यात्ति हुन। नेपालमा ६८७ जनाको नमुना परीक्षण गरिएकोमा तीन जनामा कोरानां संक्रमित भेटिएको छ
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।
चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।