stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अत्यावश्यक वस्तु घरघरमा पुर्याउने तयारीमा सरकार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडाैं । सरकारले घरघरमा अत्यावश्यक सामान  पुर्याउने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन साताव्यापी ‘लकडाउन’ गरेको अवस्थामा सरकराले घरघरमा अत्यावश्यक सामान पुर्याउने तयारी गरेको हो ।

सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् ।
सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको उनले बताए । काठमाडौँमा १५, ललितपुर र भक्तपुरमा सात/सात मिनीट्रक तयारी अवस्थामा रहेको उनको भना इछ ।
‘ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने छ’, मन्त्री भट्टले भने ।

जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ,’ उनले भने ।
कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नु पर्नेछ । सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनकाे  भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान पुर्याउने पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ ।

यस्तै, ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उनको भनाइ छ । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताए । अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उनले बताए ।

prabhu mahalaxmi
kumari