stcnepal long ad
global ime bank long

घोडेजात्रा समारोह २०७६ स्थगित 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेल स्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड-19) को जोखिमलाई मध्येनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको छ ।

नेपाली सेनाले परम्परालाई कायम राख्नेक उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएता पनि यस वर्षको घोडेजात्रा समारोह कोरोना भाईरस (कोभिड-19) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा  २०७६ चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम सो समारोह स्थगित गरिएको छ ।

साथै सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति  विद्यादेबी भण्डारीले पठाउनु भएको शुभकामना सन्देश लगायत घोडेजात्राको प्रारम्भिक अभ्यासको दौरान छायाँकन गरिएको गतिविधी समेटी तयार गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण गर्न मिलाईएको व्यहोरा समेत जानकारी गराएको छ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-19) को संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना प्रतिवद्ध रहेको छ ।

IME Lifesidebar
kumari