जनतालाई समस्या पर्दा हामी छौं फोन गर्नुस – काठमाडौंका मेयर

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरबासीहरुको समस्या समाधान गर्न आफूसँधै सक्रिय रहेको बताएका छन् ।
सरकारले आजदेखि लागू हुने गरी लकडाउन गरे पश्चात महानगर प्रमख शाक्यले एक विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अवधिभर घर बाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।
शाक्यले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु,’ ।
लकडाउनका अवधिमा काठमाडौंमा बसोबास गर्ने नागरिकहरुलाई दैनिक खाद्यान्नको सहजताका लागि सम्वन्धित निकायसँग छलफल गरी दैनिक उपभोग्य सामग्री सहजताका लागि पहल गरिरहेको शाक्यले नेपालखोजसँग बताए । उनले भने, ‘घर धनीहरुलाई भन्दा भाडामा बस्नेहरुलाई यस्तो अवस्थामा सकस हुन्छ ।
त्यस्तो नहोस् भन्नका लागि सरकारले गरेको लकडाउनको आग्रहलाई समेत असर नपर्ने गरी दैनिक उपभोग्य सामग्री विक्री वितरण सहजताका लागि आफूले कुरा गरिरहेको उनले बताए ।