stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लगानीकर्ताले जोखिम घटाउँदा डलर अहिलेसम्मकै बलियो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा कमेडिटी बजारका लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न खोज्दा डलर हालसम्मकै बलियो भएको छ । तेलको मूल्य घट्नु तथा कमोडिटी कार्मेटका लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि डलर खरिद गर्दा हालसम्मकै बलियो भएको हो ।
नेपालको अर्थतन्त्र आयातमा आधारित छ । त्यसका साथै सबैभन्दा धेरै करिब २ अर्ब बराबरको इन्धनमात्र आयत हुन्छ । इन्धनको मूल्य घटेकाले नेपालको हुने आयातको धेरै हिस्सा तेलको रहेको हुनाले नोक्सानी हुने सम्भावना भने कम रहेको छ । तर, विश्व कमोडिटी मार्केटका लगानीकर्ताले फैलिँदो कोरोना भाइरसका कारण त्रसित लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न अन्य वित्तीय उपकरणको खोजी गर्दा डलर छनोटमा परेको हो ।

पछिल्ला दिनहरूमा कच्चातेल प्रतिब्यारेल २९ डलर कायम भएको छ । तेलको मूल्य घट्नु तथा लगानीकर्ताले जोखिम न्यूनीकरण गरेका कारण डलर महँगो भएको नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले बताए । “डलर बलियो भए पनि तेलको मूल्यमा आएको गिरावटले नेपालमा खासै असर गर्ने देखिँदैन,” उनले भने, “तेलको मूल्यमा आएको गिरावट दीर्घकालीन हो कि अल्पकालीन हो त्यसलाई हेर्नुपर्छ ।” तेलको मूल्यमा आएको गिरावट अल्पकालीन भएको खण्डमा नेपालले आयात धेरै गर्नु पर्ने भएकाले महँगी वढ्न सक्ने उनले बताए ।

अमेरिकी फेडरल रिजर्भ बैंकले व्याज्दर घटाएर करिब शून्यमा ल्याएका भएपनि डलर बलियो हनु भनेको लगानीकर्ताले जोखिम न्यूनीकरणको कारण रहेको उनको तर्क छ ।
लगानीका अन्य क्षेत्रमा कोरोना भाइरसका कारण जोखिम वढेपछि लगानीकर्ताले अमेरिकी डलरमा लगानी गर्न थालेका हुन् । सोमबार अमेरिकी एक डलरको खरिद दर १२० रूपैयाँ र बिक्री दर १२० रूपैयाँ ६० पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अहिलेको समयमा अन्तरष्ट्रिय रूपमा आवतजावत बन्द भएको हुनाले सर्वसाधारणका लागि डलर आवश्यक नदेखिएका पनि आयात गर्दा विदेशी मुद्रा खर्च हुने भएको राष्ट्रिय खर्चमा डलर आवश्यक पर्छ ।

त्यसैगरी कोरोनाका कारण औषधिजन्य आयतका लागि समेत डलर खर्चनु पर्ने नेपाललाई नोक्सानी पनि हुनसक्ने देखिन्छ । तर, नेपालको अधिकांश व्यापार भारतसँग भएको हुनाले असर भएपनि कम पर्ने देखिन्छ ।
कोरोनाको संक्रमण विश्वव्यापी रूपमा फैलने क्रम बढेसँगै डलर मजबुत हुँदै आएको छ । त्यसैगरी रसिया र साउदी अरेबियाको तेल युद्धले पनि डलर बलियो हुनमा थप मद्दत गरेको हो । तर, तेलको मूल्यमा आएको गिरावट अल्पकालीन समयमा लागि भएको खण्डमा महँगी बढ्ने जोखिम रहेको भट्टको भनाइ छ ।

सुनको मूल्यमा कही वृद्धि भएपनि कामोडिटी क्षेत्रमा लगानी योग्य उपकरणहरूमा जोखिम वढ्ने तथा गिरावट आएपनि डलर मजबुत भएको उनको तर्क छ ।
नेपाले विभिन्न १६३ बस्तुहरू आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नुपर्ने हुन्छ । त्यसका साथै पेट्रोलियम पर्दार्थ पुर्ण रूपमा आयातमा निर्भर छ । विश्वामा कुनै पनि जोखिम आएको खण्डमा अमेरीकी डलरमा लगानी वढ्छ । डलर प्रति जनविश्वास बलियो भएकाले पनि संकटको समयमा मजबुत हुने गरेको विगत देखिको इतिहास छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल लगायतका वस्तुहरू आयत हुन्छन ।

अब कोरोना भाइरसका कारण औपाधि जन्य साम्राीको आयात वढ्ने देखिन्छ । चालु आर्थिक वर्षको नेपालमा आउने रेमिट्यान्समा पनि निरन्रत कमी आउन थालेको छ । कोरोना भाइरसका कारण यसमा अझै गिरवाट आउने स्पष्ट छ ।आजको कारोबार दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari