stcnepal long ad
global ime bank long

विप्लव समुह निकट चन्द पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुह निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द बहादुर चन्द खेलकुद क्षेत्रका सहकर्मीहरुसँग छलफल गरेर बसिरहेका बेला ललितपुरबाट गत चैत ९ गते आइतबार राति सादा पोशाकका सुरक्षाकर्मीले पक्राउ गरेको बुझिन आएको छ ।

निजसगै महासंघका महासचिव विनोद चन्द ठकुरी,केन्द्रीय सदस्यहरू प्रेम केसी र कमल आरसी पनि पक्राउ गरिएको छ । चारै जनालाई ललितपुरस्थित जावलाखेल स्थित महानगरीय प्रहरी परिसरमा राखेर अनुसन्धान भइरहेको छ।

यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुद जस्तो सम्मानित क्षेत्रमा योगदान दिइरहेको एक स्थापित खेलाडीलाई अनाहकमै सरकारले पक्राउ गरेकोेमा घोर भत्सर्ना गर्दै चन्द सहित सबैलाई तत्काल निशर्त रिहाईका लागि माग गरेको महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले चैत १० गते एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका छन् ।

IME Lifesidebar
kumari