citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सर्वोच्चमा आज पूर्णसहित नौ इजलास तोकियो, सबै खाले मुद्दा पेसीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबारका लािग नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोक्नुभएको छ ।

सर्वोच्चका अनुसार आज प्रधानन्याधीश जबराले भने आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको लागि पूर्ण इजलास तोक्नुभएको छ भने हरिप्रसाद फुयालको लागि एकल इजलास तोक्नुभएको छ ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, टंकबहादुर मोक्तान र कुमार रेग्मी तथा तेजबहादुर केसी र डा. मनोजकुमार शर्माका लागि प्रधानन्यायाधीश जबराले संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ ।

himalayan life insurance
igi long