sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त आह्वान गरेको छ ।

बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल सकिएपछि गत असोजदेखि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

बोर्ड अध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको, दरखास्त दिंदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षसहितको अनुभव हासिल गरेको हुनुपर्ने लगायतका योग्यता तोकिएको छ ।

दरखास्त फारम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने र शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सकिने जनाएको छ ।

दरखास्तसँगै बोर्डको नेतृत्व गर्ने सम्बन्धी अवधारणा पत्र तथा चार वर्षको व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने जनाइएको छ ।

gold
kumari bank
nawakantipur long