stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रशन्ना पाण्डेले सर्वोत्कृष्ट गायिकाको अवार्ड हात परिन् 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । । रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी,समाजसेवी लगायत करिब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । यस अघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो ।

दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार,वरिष्ठ गायक सिताराम पोखरेल,वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला,निर्देशक दिपक आचार्य ‘काकू’लगायतको विशेष उपस्थिती रहेको थियो ।

यस बर्षको सर्वोत्कृष्ट गायिका स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डेलाई ट्रफ़ी मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको छ ।  हरेक गीतलाई गाउन सकने गायिकाको रूपमा परीचित उनि महोत्सव र देश बिदेशका प्रोग्रम्मा पहिलो रोजाई बन्न पुगेकी उनी नेपाली कला र भाषालाई धेरै माया गर्छिन् । गायिका प्रशन्ना पाण्डे समाज सेवामा पनि उतिकै सकृय छिन् ।

विदेशमा आयोजना हुदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए । हांस्य कलाकार गोपाल ढकाल छन्देले अवार्ड कार्यक्रम संचालन गरेका थिए ।

IME Lifesidebar
kumari