citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सूर्योदय लघुवित्तको नाफा १५९.०७ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सूर्योदय लघुवित्तको खुद नाफा १५९।०७ प्रतिशत ले बढेर ३ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी २८.९८ प्रतिशत ले बढेर ७ करोड ४६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा २२१.८१ प्रतिशत ले बढेर १ करोड ५२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४७ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४१ पैसाले बढेर ४९ रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा छ । सूर्योदय र वोमी लघुवित्तबीच एक आपसमा मर्जर सम्झौता भएकाले दुवैको सेयर कारोबार दोस्रो बजारमा रोक्का छ ।

himalayan life insurance
igi long