प्रधानसेनापति द्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आज आइतबार आयोजित एक कार्यक्रमका बीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।
मिति २०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथी सरोज प्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।