macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रेस काउन्सिल नेपाल स्नातक तहका विद्यार्थीसँग

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पत्रकारिता तथा आमसञ्ञ्चार बिषय लिई पशुपति बहुमखी क्याम्पसमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीसँग पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा विद्यार्थीको जिज्ञासा र प्रश्नको सम्बोधनसहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले समग्र पत्रकारिताको आधारनै पत्रकार आचारसंहिता भएको जानकारी दिनुभयो । उहाँले पत्रकार आचारसंहिता २०७३ (संशोधन २०७६) मा मिडियाले गल्ती गरेमा पटक–पटक पत्र काट्दा पनि जवाफ नआएमा कालो सूचीमा नै राख्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
पत्रकार आचारसंहिता (Code of Conduct) र नैतिकता (Code of Ethics) फरक भएको भन्दै आचारसंहिताले कानुनको कुरा गरे पनि नैतिकताले स्वनिर्णयको अधिकार दिएको प्रष्टाउनुभयो । पत्रकारले इथिक्स नमान्दा समाचारको हत्या हुने अन्तत त्यसले आफैलाई सिध्याउने उहाँको भनाइ थियो ।
सह–प्रशासकीय अधिकृत खनालले पत्रकार र पत्रकारिताका विद्यार्थीले नैतिकसंहिता (Code of Ethics) आचारसंहिता (Code of Conduct),पत्रकार प्रतिवद्धता (Creed of Journalist) र मिडिया कानुन  (Media Law) गरी मूलत ४ वटा कुरालाई सधैँ ध्यानमा राख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले प्रतिवद्धता ९ऋचभभम या व्यगचलबष्कित० मा आफूले आचारसंहिताको सपथ खानुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालको काम, कर्तव्य र अधिकार एवं प्रेस काउन्सिलको गठन प्रकृया, सांगठनिक संरचना, पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराउनुुभयो ।
छापामाध्यम तथा विद्युतीय माध्यमबारे उप–प्रशासकीय अधिकृत बोहराले हालसम्म काउिन्सलमा दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको संख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो, कारवाही प्रकृयाका साथै स्व–अनुगमनबारे विस्तृत जानकारी जानकारी दिनुभयो । उहाँले हाल काउन्सिलले उजुरी र खण्डन मात्रै नभएर आवश्यक परेको खण्डमा दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्मको अभ्यास गर्न थालेको बताउनुभयो ।
अनुगमन अधिकृत सुरेन्द्र मल्लले छापा माध्यममा गरिने अनुगमनबारे जानकारी गराउँदै विद्युतीय माध्यममा भन्दा छापा माध्यममा उजुरी कम आउनाको कारणबारे उल्लेख गर्नुभयो । शिक्षक तथा पत्रकार नवराज चालिसेले समय व्यवस्थापन र काउन्सिलबारे जानकारीको लागि धन्यवाद ज्ञापन गरेको प्रेस काउन्सिल स्रोतले जनाएको छ ।

२१ पुस २०७६, सोमवार १७:२२ बजे प्रकाशित

NTA long ad