sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

धितोपत्र बोर्ड अध्यक्षमा ढुंगाना

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

 

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुगाना नियुक्ति भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ । बोर्डको अध्यक्षको नाम सिफारिस गर्न अर्थ मन्त्रालयद्धारा गठित छनोट समितिले तीन जनाको नाम गत साता नै सिफारिस गरेको थियो । मन्त्रिपरिषले उक्त सिफारिस गरेका तीन नाम मध्ये एक जनालाई बोर्डको अध्यक्ष नियुक्ति गरेको हो । समितिले भीष्मराज ढुंगाना, निरज गिरी र केशव श्रेष्ठको नाम सिफारिस गरेको थियो । ती मध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुङ्गाना अध्यक्षमा चयन गरेको छ ।
ढुङ्गानालाई अध्यक्ष बनाउनका लागि नै यसअघि नै बोर्डको विज्ञ सदस्यमा लगेको अनुमान गरिदै आएको थियो । उनी राष्ट्रपति विद्यादेवी भण्डारी नजिक मानिएकाले पनि बोर्डको अध्यक्ष हुने निश्चित जस्तै देखिएको थियो । बोर्डको अध्यक्षको नाम सिफारिसका लागि अर्थमन्त्रालयले गत कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । बोर्डको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले गत मंसिर ६ गते सार्वजनिक सूचना मार्फत आवेदन माग गरेको थियो । अध्यक्षको लागि भीष्मराज ढुंगाना, निरज गिरी , केशव श्रेष्ठ, सिताराम थपलिया, नवराज अधिकारी, नरेन्द्र सिजापति , निल सारु मगर र डा. बलराम पाठकले उमेदवारी दिएका थिए ।

छनोट समितिले पहिलो चरणमा पाँच जनाको नाम सटलिष्ट गरेको थियो । जसमा, भीष्मराज ढुंगाना, निरज गिरी, केशव श्रेष्ठ, पूर्व महाप्रबन्धक सिताराम थपलिया र बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको नाम परेको थियो ।

सेयर बजारको नियमन गर्ने निकाय बोर्डले ८१ दिनपछि नेतृत्व पाएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पदमा नयाँ व्यक्ति नियुक्ति हुन सकेको थिएन् । ढृगांनाको कार्यकाल ४ वर्षको हुने छ । अध्यक्ष नभएका कारण बोर्डकै वरिष्ठतम रहेका परिष्ठनाथ पौड्याललाई दैनिक कार्यसञ्चालनको जिम्मेवारी दिइएको थियो ।

gold
kumari bank
nawakantipur long