stcnepal long ad
global ime bank long

आजबाट काठमाडौं महानगरमा कोरोना विरुद्धको खोपको पहिलोे मात्रा दिइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले कोरोना विरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ । महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

३२ वटा वडा कार्यालय सहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजात सहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari