kumari bank
Prabhu Insurance
stcnepal long ad

आज मन्त्रीपरिषद विस्तार हुने

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै आज शुक्रबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । गत मंगलबार बसेको गठबन्धन दलको बैठकमा सैद्धान्तिकरुपमा मन्त्रालयको भागबण्डा मिलेको थियो ।

विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले त्यसलाई अन्तिम रुप दिएको बताइएको छ ।

सहमति अनुसार नेपाली कांग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । नेकपा९माओवादी केन्द्र०ले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

त्यस्तै, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा० ले ४–४ मन्त्रालय र एक(एक राज्यमन्त्री पाएका छन् । कुल २५ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसबाट प्रधानमन्त्री सहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ ।

कांग्रेसको भागबाटै सांसद नरहेका बाँकेका गोपाल हमाल पनि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न सक्छन। सरकारको नेतृत्व गरेको कांग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ ।

यसअघि कांग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर, बुधबार कांग्रेसलाई धेरै वटा मन्त्रालय दिन अन्य दलहरु राजी देखिएका छन् ।

माधव नेपाल र उपेन्द्र यादवको सहजताका लागि तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता नदिएका प्रधानमन्त्री देउवाले अन्तिम घडीमा आफ्ना लागि सहजता खोजेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस महाधिवेशनमा देउवालाई सहजता हुने गरी मन्त्रालयमा ‘कम्प्रमाइज’ गरेका छन् ।

पछिल्लो समय भएको गठबन्धनको बैठकमा देउवाले कांग्रेस महाधिवेशनसम्म मन्त्रालयमा ‘कम्प्रमाइज’ गरिदिन प्रचण्ड, नेपाल र यादवसँग आग्रह गरेका थिए । आगामी मंसिर ९–१३ गतेका लागि कांग्रेसको १४ औं महाधिवेशन तोकिएको छ ।

प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति देउवा सभापतिमा दोहोरिने तयारीमा छन् । प्रधानमन्त्री देउवाले फेरि एकपटक कांग्रेसको नेतृत्व लिने इच्छा जाहेर गरिसकेको अवस्था छ । संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले विद्रोहको संकेत देखाएपछि देउवाले मन्त्री बनाएर भए पनि नेताहरुलाई आफूसँगै ‘होल्ड’ गराउन चाहेका छन।

आफ्नो गुटबाट निधि बाहिरिए पनि केही नेतालाई सरकारमा र केहीलाई पार्टी पदाधिकारीमा व्यवस्थापन गरेर अन्य नेतालाई साथमा राख्न देउवाले माओवादी केन्द्र , एकीकृत समाजवादी र जसपाका केही मन्त्री कटौती गरेका हुन ।

पछिल्ला बैठकमा प्रधानमन्त्री देउवाले कांग्रेसको महाधिवेशनप्रति लक्षित गर्दै मन्त्रालयमा केही ‘कम्प्रमाइज’ गरिदिन अनुरोध गरेका थिए । त्यसैले प्रधानमन्त्रीलाई महाधिवेशनमा सहजताका लागि केही ‘कम्प्रमाइज’ गरेको छ।

कांग्रेसको १४ औं महाधिवेशनपछि प्रधानमन्त्री देउवाले आफू निकट तीन जनालाई सरकारबाट फिर्ता बोलाउने सहमति पनि भएको छ । प्रधानमन्त्री र उहाँका मान्छेले तपाईका लागि तीन महिना आलोचना खेपेर पनि मन्त्रिपरिषद विस्तारका लागि पर्खियौं, अब करिब तीन महिना मात्र कांग्रेसका लागि केही मन्त्रालयमा ‘कम्प्रमाइज’ गरिदिनु भनेर आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवाको यही आग्रहलाई शीर्ष नेताहरुले स्वीकार गरेका छन । यद्यपि प्रधानमन्त्री देउवाको आग्रह अस्वीकार गर्न नसके पनि माधव नेपाल र उपेन्द्र यादवमा भित्री असन्तुष्टि देखिएको थियो । विहिबारको बैठकले त्यसलाई पनि सम्बोधन गरेको छ।

जसपालाई उपसभामुख र एकीकृत समाजवादीलाई प्रदेश एक र बागमती प्रदेशमा मुख्यमन्त्री दिने सहमति भएको छ । प्रदेश एक र बागमती प्रदेश मध्ये एकमा कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरे पनि अब एकीकृत समाजवादीले दुबै प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।

मंगलबारको बैठकमा माधव नेपालले आफूलाई पाँच मन्त्री र एक राज्यमन्त्री नदिए प्रदेश एक र बागमतीमा मुख्यमन्त्री चाहिने अडान लिएका थिए । माधव नेपालको अडानमा देउवा सहमत भएपछि गठबन्धनभित्रको असन्तुष्टि पनि सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा प्रधानमन्त्रीको सपथ लिन जानुभन्दाअघि समानताका आधारमा सरकारमा सहभागी हुने गठबन्धन दलबीच सहमति थियो । असार २९ मा देउवाले सरकारको नेतृत्व गर्दा कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मात्र मन्त्री सहभागी भएका थिए । तत्कालीन एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्ष तत्कालै सरकारमा सहभागी हुने परिस्थिति नबन्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।

सुरुमा सरकारमा जान उपेन्द्रले जसपाको आधिकारिकता र माधव नेपालले नयाँ दल निर्माणका लागि पर्खिए । कोरोना महामारीमा पनि स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन भएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री देउवाले साउन १० मा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए । तर, माधव र उपेन्द्रलाई पार्टीगत रुपमा देखिएको कानुनी र व्यवहारिक कठिनाइ नसुल्झिई बाँकी मन्त्री बनाउन गठबन्धनले नीति लियो ।

न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गराउनुपर्ने भएपछि असोज ६ गते प्रधानमन्त्री देउवाले गठबन्धनकै सहमतिमा डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए ।

यता गठबन्धनको असन्तुष्टि सकिए पनि कांग्रेसमा भने बल्झिएको छ । प्रधानमन्त्री देउवाले ७ जना आफू पक्षीय नेतालाई सरकारमा सहभागी गराउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह २ मन्त्रालय स्वीकार नगर्ने पक्षमा देखिएको छ ।

बुधबार बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, प्रधानमन्त्री देउवाले २ मात्र पौडेल पक्षलाई दिने भएका छन। त्यसमा पौडेलले मानिरहेका छैनन्।


२२ असोज २०७८, शुक्रवार ०८:०४ बजे प्रकाशित

nabil bank