citizens life insurance long ad
stcnepal long ad

डा. केसीको फेरि अनसन बस्ने चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डा. गोविन्द केसीले आफुले राखेको माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । राज्यको नीति निर्माणमा शैक्षिक तथा मेडिकल माफियाहरूको हस्तक्षेप भएको भन्दै सत्याग्रह बस्ने चेतावनी दिएका हुन् ।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक र मेडिकल माफियाहरूको स्वार्थमा आयोगलाई तहसनहस बनाउन लागेको भन्दै उनले चेतावनी दिएका छन्।

केसीले राज्यको नीति निर्माणमा शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप रोक्न माग राखेका छन्। आफुले राखेको मागहरू पूरा नभएमा कुनै पनि बेला सत्याग्रह बस्ने उनको चेतावनी छ ।

प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ नर्सिंङ लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरूका लागि आकस्मिक रूपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको डा. केसीले आरोप लगाएका छन ।

उनले एक विज्ञाप्ती जारी गरि भनेका छन– ’त्यसको मुख्य एजेण्डा चिकित्सा शिक्षा ऐनलाई कुल्चँदै नपढाइ डिग्री बेच्ने कलेजहरूलाई नयाँ भर्ना खुलाउनु हो।’ केही महिना अघि डा।केसीले सत्याग्रहको घोषणा गरेका थिए। तर त्यत्तिबेला प्रधानमन्त्री देउवाले पाँच बुँदे प्रतिबद्धता गरेपछि सत्याग्रह स्थगित भएको थियो। तर प्रतिबद्धता पूरा गर्नुको सट्टामा आयोगलाई नै धराशायी बनाउन खोजेको आरोप केसीले लगाएका छन् ।

उनले अहिले राखेका मागहरू यस्ता छन्:
१, राज्यको नीति निर्माणमा डा।आरजु देउवा लगायतका शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप तत्काल रोकियोस् । माफियाहरुको स्वार्थ पुर्तिका लागि कार्तिक २५ गते बोलाउन लागिएको चिकित्सा शिक्षा आयोगको बैठक रद्द गरियोस्।

पार्टी कार्यकर्ता तथा माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस्। नर्सिंङ लगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरू अक्षरशः कार्यान्वयन गरियोस्।

२, बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरूलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन सुरू गरियोस्।

३, स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने, सार्वजनिक पदमा रहनेहरूको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने लगायत यस अगाडि हामीसितको भेटमा गरिएका सबै प्रतिबद्धताहरु पूरा गरियोस्।

४, विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस्। अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस्।

५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरू भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सुरू गर्ने कुरालाई निश्चित गरियोस्।

६, २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं। २ र गण्डकी प्रदेशमा पनि तदारूकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस्।

हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस्।

७, काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरूमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।

IME Life
kumari