stcnepal long ad
ime life insurance
national life
global ime bank long

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

कलैया उपमहानगरपालिका स्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका(४ बस्ने सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् । उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेशिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई
शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले प्रसौनी गाउँपालिका(६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके ईण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ ।

IME Lifesidebar
kumari