stcnepal long ad
ime life insurance
national life
global ime bank long

भ्रष्टाचार विरुद्ध विशेष कोर्षका लागि नेपाली अधिकारीको भारतमा प्रशिक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगर स्थितगुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा २०७६ पौष २१ गतेबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन् । यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको छ । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कै २१ जना अधिकारीको पहिलो ब्याचले GFSUमा २०७६ गत मंसिर ३० गतेदेखि पौष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिइसकेका थिए । संकायका अनुभवी सदस्यहरुबाट सञ्चालित सो प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेकोे पाए । नयाँ तथा उपयोगी विचार सहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाएको छ ।
नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ । मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्नेछ । अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउने छ ।
फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगर स्थितगुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम अन्तर्गत रहेको छ ।

IME Lifesidebar
kumari