stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सौराहामा बन्ने भयो ३५ करोड लगानीमा सिटी हल

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङ हल समेत निर्माण हुने बताए । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग मार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्व अर्थ मन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटी हल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए । सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटी हल निर्माण शुरु गरेको हो ।

prabhu mahalaxmi
kumari