stcnepal long ad
global ime bank long

नागरिक लगानी कोषले सुरु गर्यो पेन्सन योजना, अब स्टक डिलर पनि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६
काठमाडौं । नागरिक लगानी कोषले ३० औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । ३० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ । बचत संकलनको दायरालाई फराकिलो बनाउनको लागि स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत समेटने गरी नागरिक पेन्सन योजना सुरु गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले मुलुकको समग्र राष्ट्रिय उत्पादकत्वमा समेत योगदान पुर्याउने नीति अवलम्बन गरेको भन्दै सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा योगदान पुर्याउने तर्फ काम गरिरहेको बताए । पुँजी बजारको स्थायित्व र विकासमा अहम भूमिका खेल्ने उद्देश्यले कोषले नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको जानकारी पनि उनले गराए ।

मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्न सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सहकार्य गरी ठूला परियोजनाहरूमा लगानी गर्ने रणनीति समेत अघि सारिएको छ । मुलुकको आर्थिक वृद्धिमा सहयोग पु¥याउन र रोजगारी सिर्जना गर्न कोष लागिपरेको पनि कार्यकारी निर्देशक नेपालले बताए ।

सो अवसरमा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले देशको आर्थिक बृद्धि दरमा टेवा पु्याउने, रोजगारी सिर्जना गर्ने एवं पूर्वाधार बिकासका आयोजनाहरुमा लगानी विस्तार गरी सरकारको समृद्ध नेपाल बनाउने महाअभियानमा कोषले सहयोग पुर्याइरहेको बताए ।
 चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कोषले १ खर्ब ४० अर्ब ३९ करोड रुपैया बराबरको स्रोत परिचालन गर्न सफल भएको छ । यस अवधिमा १ खर्ब ३८ अर्ब ५५ करोड रुपैया लगानी गरेको छ । सो अवसरमा कोषले बर्षको उत्कृष्ट कर्मचरीका रुपमा रामेश्वर पुडासैनी, नेत्र विक्रम थापा र पुरुषोत्तम पौडललाई पुरस्कृत गरेको छ ।

वार्षिकोत्सव अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । २० वर्ष सेवा पुगेका कोषका उपनिर्देशक समुन पौडेललाई दीर्घसेवा पदकबाट सम्मानित गरिएको थियो । वार्षिकोत्सवका अवसरमा कोषले रक्तदान, फुटसल, हाजिरी जवाफ, ब्याडमिन्टन, टेबल टेनिस लगायतका विविध कार्यक्रम आयोजना गरेको थियो ।

IME Lifesidebar
kumari