stcnepal long ad
global ime bank long

शान्ति समाजद्वारा १५ स्रष्टाहरू पुरस्कृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा।डा।वेणी माधव ढकाल पाल्पा, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव सिरहा, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल बाँके, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी पाल्पा, राधादेवी दाहाल सदभाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी संखुवासभा र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त रुपन्देहीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर भक्तपुर, भुमीप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल सुनसरी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ मकवानपुर, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक पाल्पा, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य काठमाण्डौ, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया हुम्ला, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल तनहुँ र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरी कैलालीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशी सहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।
एक दशक अगाडिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

IME Lifesidebar
kumari