कोका–कोलाको दशैं अभियान “धन्यबाद”
काठमाडौं । कोका–कोलाले दशैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्नु हो ।
कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ ।
जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मी हरु रहेका छन् । नियमित कोकका लेबलहरुलाई यस दशैंको पावन अवसरमा धन्यवाद लखिएको लेबलले साँटिएको छ जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिएका छौ ।
विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ जसलाई “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरीएको थियो ।
यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको छ ।
यो नयाँ अभियानको शुरुवात औपचारिक रुपमा एक पत्रकार सम्मेलनमा गरिएको थियो जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो ।
त्यही बेला नयाँ कोका–कोलाको दशैं टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।