citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

दुवईको सपना देखाई रकम ठगी गर्ने पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं रानीवन बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङगा घर भएका सुनिल भन्ने शिव कुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपालिका-२६ गोगंबुचोकबाट पक्राउ गरेको हो । मगरले दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ९ जना व्यक्तिहरुसँग नगद १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको खुल्न आएको छ ।

मगरलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

gold
himalayan life insurance long ad