citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनआईसी एशिया बैंकले सूर्या लाइफको शेयर पुनः लिलामी गर्दै

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाईफको संस्थापक शेयर पुनः लिलामीमा ल्याएको छ । बैंकले २९ हजार १०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीले मंगलवार सूचना प्रकाशित गरी उक्त संस्थापक शेयर लिलामीमा विक्री हुने जानकारी दिएको हो । यस अघि बैंकले गत फागुन १९ देखि २९ गतेसम्म ४१ हजार ४०० कित्ता लिलामीमा विक्री खुला गरेको थियो । त्यस अवधिमा विक्री हुन नसकेको शेयर बैंकले पुनः लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ९ दिनभित्र बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकको कर्पोरेट तथा शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरमा आवेदन दिनको लागि चैत ४ गतेदेखि १२ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

gold
himalayan life insurance long ad