stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको सरकारको स्पस्टोक्ति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सेनेटरी प्याड आयातमा यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल नै कायम गरिएको जनाएको हो ।

अर्थमन्त्री सचिवायलद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

मन्त्रालयले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत कायम गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari