stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मन्त्रीको शपथ हुन नसक्ने पुर्व महान्यायाधिवक्ता बडालको दाबी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जना मात्र मन्त्रीले देश चलाएको दुई महिना सात दिन नाघेको छ। सत्ता साझेदार दलका नेताहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेकपा (एकीकृत समाजवादी) का नेता माधव कुमार नेपालहरु भन्दैछन्– मन्त्रिपरिषद् भोली बिस्तार हुन्छ, अर्को साता विस्तार हुन्छ, आदि इत्यादि।

मन्त्रिपरिषद् विस्तारको मिति सर्दै सरकारले ६७ दिन बिताएको छ। गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपालले मन्त्रिमण्डल विस्तारबारे बारम्बार भाषण गरेर दबाब दिइरहे पनि १९ वटा मन्त्रालय आफूसँगै राखेका प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल विस्तारबारे मौन रहँदै आएका छन्।

प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल विस्तार गर्न खासै रुचि छैन। किनकि, प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरु नियुक्त गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउन सक्ने कानुनी अवस्था छैन्। यसको कारण हो– देशमा सपथ खुवाउने कानून नै छैन।

सपथ ग्रहण सम्बन्धी कानून नभएकै कारण अब कुनै कारणबश देशमा प्रधानमन्त्री पद रिक्त भयो भने पनि राष्ट्रपतिले संविधान बमोजिम अर्को प्रधानमन्त्री नियुक्त गरी कार्यभार सुम्पन नसक्ने अवस्थामा सिर्जना रहेको पूर्वमहान्यायाधिवक्ता रमेश बडाल बताएका छन्।

नेपालको संविधानको धारा ८० ले सपथ ग्रहण सम्बन्धी व्यवस्था गरेको छ। ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ’ , संविधानमा लेखिएको यस्तो व्यवस्था भएपनि अहिले शपथ खुवाउने संघीय कानून छैन । वर्तमान सरकारले उक्त कानून बनाउन पहल पनि गरेको छैन ।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले शपथ ग्रहण सम्बन्धि अध्यादेश मार्फत् ऐन ल्याएको थियो। सर्वोच्च अदालतमा सपथ ग्रहणबारे मुद्दा परेपछि अदालतबाट कानून बनाउन आदेश जारी भयो।

सोही आदेश पालना गर्न ओली सरकारले अध्यादेश जारी गरेको थियो। त्यसअघि सपथ सम्बन्धी कुनै कानून थिएन, मात्रै परम्परामा चलेको थियो। ओली सरकारले कानून बनाएपछि उक्त परम्परालाई कानूनले प्रतिस्थापन गरेको थियो।

उक्त अध्यादेश जारी भएपछि बसेको संसद् अधिवेशनको पहिलो बैठकमा उक्त अध्यादेश प्रस्तुत भएको थियो। त्यसको ६० दिनभित्र त्यसलाई पारित पनि गरिएन, अनि स्वतस् खारेज भयो। प्रतिस्थापन विधेयक पनि दर्ता गरेर पारित गर्न अघि बढाइएन। अनि सपथग्रहणसम्बन्धी कानूनबिहीन भएको अवस्था छ अहिले देशमा।

‘कानून नभएको बेला परम्परा अनुसार चल्छ तर कानून बनिसकेपछि कानून अनुसार चल्नुपर्छ, परम्परा अनुसार चल्दैन। त्यसैले अब राष्ट्रपतिले कानून बिना सपथ ग्रहण गराउन सक्नुहुन्नु, पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताएका छन। उनले दाबीका साथ भने– ‘अब सपथ खान सरकारले कानून बनाउनै पर्छ । यसबारे जानकार प्रधानमन्त्रीले अहिले कानून बनाउन पहल नलिनु भनेको असहज परिस्थिति निम्त्याउने प्रयास हो।’

मन्त्रिमण्डल विस्तारको हल्ला गर्नु तर कानून बनाउन पहल नलिनुभित्र षड्यन्त्र हुनसक्ने बडालको आशंका छ। ‘सपथ ग्रहण कानून नबनाई खारेज गर्ने अनि मन्त्री नियुक्त गरेर कानून बिनै सपथग्रहण गराउन राष्ट्रपतिलाई धम्क्याउने प्रयास हुनसक्छ। प्रधानमन्त्रीले नियुक्त गरेका मन्त्री राष्ट्रपतिले सपथ नखुवाएको भन्ने आरोप लगाउने सत्तारुढ गठबन्धनको पूर्व तयारी हुनसक्छ। राष्ट्रपतिलाई विवादमा ल्याउने सत्तारुढ गठबन्धनको पूर्वतयारी हुनसक्छ।’ पुर्व महान्यायाधिवक्ता बडालले तर्क गरेका छन।

prabhu mahalaxmi
kumari