citizens life insurance long ad

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को २०७८ भाद्र २९ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी बालकृष्ण कार्कीलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भाद्र ३१ गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

रथी दर्जामा पदोन्नति हुनुभएका रथी बालकृष्ण कार्की बलाध्यक्षमा नियुक्ति हुनु भएको छ ।
साथै वहाँलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

IME Lifesidebar
kumari