citizens life insurance long ad

कर्मचारी सञ्चय कोष ६० वर्षमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६० औं वार्षिकोत्सव मनाएको छ । कोषले यस अवसरमा सञ्चयकर्ता घरजग्गा खरिद कर्जा सेवाको शुरुवात गरेको छ । यो कर्जा सेवा आजैबाटै लागु हुने कोषले जानकारी दिएको छ ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं. २०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताहरुको सञ्चय कोष ३९८ अर्व ६ करोड र योगदानमा आधारीत निवृत्तभरण कोष १ अर्ब ५८ करोड गरी जम्मा ४४४ अर्बभन्दा बढीकोे वित्तिय स्रोत रहेको छ ।

उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रवर्धित विभिन्न जलविद्युत आयोजनाहरु लगायत अन्य आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ ।

यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कोषद्धारा आयोजित कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले वित्तीय स्रोतमा भएको वृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधिप्रतिको बढ्दो निर्भरतासँगै वित्तीय प्रणालीमा जोखिम बढिरहेकोले कर्मचारी सञ्चय कोष समेत सो जोखिमबाट प्रभावित हुनेहुँदा यसतर्फ कोष सचेत रहनु पर्ने बताएका थिए ।

IME Lifesidebar
kumari